एमाले नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

एमाले नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग गृहकार्य गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);