कांग्रेसको दावी : केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेसको दावी : केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री

काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका सांसद् देबेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको अन्तिम प्रधानमन्त्री हुने बताएको छ ।

कँडेलले २०७४ को चुनावमा गोरखाको पालुङटारमा चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुने भनेको थियो स्मरण गरे । त्यसपछि कँडेलले भने- ‘यस्तै हो भने शायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हो ।

कँडेलले भने ‘सोमबार प्रतिनिधि सभाको बिशेष समयमा बोल्दै सांसद् कँडेलले भने माओवादी र एमाले विभाजित भएको आज ३० दिन भयो । ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । खोई विश्वासको मत लिएको ?

प्रधानमन्त्री ओलीले गोरखामा २०७४ को चुनावीसभालाई सम्बोधन गर्दै शेर बहादुर देउवा नेपाली कांग्रेसको अन्तीम प्रधानमन्त्री भएको टिप्पणी गर्नु भएको थियो । उनले केपी ओलीलाई कुर्सीको मोह रहेको र अरुलाई प्रधानमन्त्री बन्न नदिएको टिप्पणी गरे ।

‘केपी ओलीले संसदमा विश्वासको मत लिनुपर्छ, मलाई संसदमा रहेका दलहरुको समर्थन छ भनेर पुष्टी गर्न विश्वासको मत लिने की नलिने ?’ –उनले सोधे ।

आई. एन्. ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);