रोगसँग लड्ने तयारीमा जुटको छौँ : गोविन्दबहादुर मल्ल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रोगसँग लड्ने तयारीमा जुटको छौँ : गोविन्दबहादुर मल्ल

बाजुरा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थित हिमाली गाउँपालिका पनि कोभिडको चपेटामा परेको छ । दुर्गम हिमाली गाउँमा गरिएको परीक्षणमा एकै पटक स्वास्थ्यकर्मी सहित गाउँ पालिकाका १३ जना कर्मचारी संक्रमित भएका हुन् ।

ठूलो संख्यामा स्वास्थ्यकर्मी सहित गाउँपालिकाका कर्मचारी संक्रमणमा परेपछि गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ललाई चिन्तित बनाएको छ ।

कसरी लड्दै हुनुहुन्छ त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘गत साल नै २५ बेडको कोभिड अस्पताल बनाएका थियौँ, अहिले बिरामीलाई त्यहीँ राखेर उपचार गरिरहेका छौँ, गाउँपालिकाबाट निर्णय गरेर गाउँपालिका पूर्णरुपमा बन्द गरेका छौँ, होटल पसल बन्द गर्न लगाएका छौँ, शैक्षिक संस्था बन्द गरिसकेका छौँ, बैठक, जमघट, भेला बन्द गरेका छौँ।

कोभिड संक्रमितको परीक्षणको लागि भने हिमाली गाउँपालिकालाई संकट छ । ‘कोभिडको अवस्था जटिल नै छ । पीसीआर जाँच्नलाई नजिकै ठाउँ छैन, यहाँबाट दुई दिन टाढा धनगढी, नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्छ’, त्यसैले संक्रमितको पहिचान गर्न नै हामीलाई गाह्रो भयो उनले भने । स्वाब परीक्षणको विकल्प एन्टिजेन परीक्षण हो । ‘त्यो भयो भने यहीँ जाँच गर्न उनले गुनासो गरेका छन् ।

आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);