दाङमा सरकारी तथा निजी संस्थाका स्वास्थ्यकर्मी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

दाङमा सरकारी तथा निजी संस्थाका स्वास्थ्यकर्मी आन्दोलित

विकास डाँगी,
दाङ । राप्ती प्रादेशिक अस्पतालको घटनालाई लिएर दाङमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंह माथि कोलो मोसो दलेर दुर्व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् ।

घटनापछि अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू एएनएम दाङ र जिल्लाका सम्पूर्ण निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही र सुरक्षाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । घटना भएको तेस्रो दिनसम्म पनि घटनामा संलग्न दोषी पक्राउ पर्न नसकेको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।

दोषी पक्राउ नपर्दासम्म अस्पतालका आकस्मिक, डायलासिस र सुत्केरी सेवाबाहेक अरु सेवा बन्द हुने अस्पतालका मेसु डा. सिंहले बताए ।उनले दोषीहरूलाई कानुनले जति सक्यो चाँडो कारबाही गर्नु पर्ने माग गरे । उनले भने ,‘ अस्पतालमा रगतको कल्चर गर्ने सुविधा छैन् ।

ठाउँको र जनशक्तिको अभावले सेवा प्रदान गर्न सकिएको छैन् । तर, यो घटनाले अहिले अस्पतालमा काम गर्ने वातावरण छैन् । यदि कानुनले उनीहरूलाई कडा भन्दा कडा कारबाही नगरे अस्पतालमा बस्ने डाक्टरहरू सबै असुरक्षित हुन्छन् । यो अवस्थामा कुनै पनि समयमा घटना घट्न सक्छ । त्यसैले हामीलाई सुरक्षाको ग्यारेन्टी र दोषीलाई कारबाही नभएका सबै सेवा दिन सक्दैनौँ ।’

त्यस्तै अस्पतालमा कार्यरत डाक्टर ओम अधिकारीले यो घटना दुखद भएको भन्दै भोलिका दिनहरूमा पनि सुरक्षाको ग्यारेन्टी नहुदाँ सम्म काम गर्न समस्या हुने बताए । उनले भने ,‘ हामी एक्लै बसेका हुन्छौँ । घरपरिवार एकातिर छन् । बस्ने क्वाटर पनि त्यति मजबुत छैन् । हाम्रो सुरक्षाको जिम्मा कस्ले लिन्छ । यस्तै अवस्था भए हामीहरू काम गर्न सक्दैनौँ ।’ उनले पनि दोषीहरूलाई कडा भन्दा कडा कारबाही माग गरे । त्यस्तै उनले गलत गर्ने जो सुकैलाई कारबाहीमा गर्नु पर्ने भन्दै पार्टीगत रुपमा गएर संरक्षण गर्न नहुने समेत तर्क गरे ।

त्यस्तै अस्पतालमा यस्तो घटना हुनु आफैमा लज्जास्पद भएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए ।उनले चिकित्सकमाथिको अपमानलाई आफैमाथिको अपमानका रुपमा लिएको भन्दै यो अक्षम्य अपराध भएको समेत बताए ।

उनले भने,‘ अस्पतालमा अराजक तत्त्वले अराजक गतिविधि गरेको छ । हामीले ति उनीहरूलाई खोजी रहेका छौँ । कुनै पनि हालत उनीहरूलाई कानुन कठघरामा उभ्याएर न्याय दिने छौँ । सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको मनोबल बढाउने छौँ ।’ स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण सेवा बन्द हुँदा अस्पतालमा आउने बिरामीले सास्ती पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);