राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कालोमासो दलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कालोमासो दलियो

कालोमोसो दल्नेलाई पक्राउ नगरे स्वास्थ्य सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई युवाको एक समूहले कालोमोसो दलेको छ । नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वमा गएको ३-४ जनाको समूहले शुक्रबार दिउँसो पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको थिए ।

टाइफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि डा. सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेका थिए । यता अस्पतालले दोषीलाई कारबाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहलाई परियारको नेतृत्वमा गएको एक समूहले कालोमोसो दलेपछि अस्पतालले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको हो ।

घटना लगत्तै बसेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाहीको माग र घटना प्रति खेद प्रस्ताव पारित गर्दै दोषीहरूलाई किटानी जाहेरी दिने निर्णय गरेको हो । त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले शनिबार बिहानसम्म दोषीलाई पक्राउ नगरे अस्पतालबाट दिइने सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै घटनामा संलग्न व्यक्तिहरूलाई शनिबार बिहान ९ बजेभित्र पक्राउ नगरे इमरजेन्सी, सुत्केरी, डाइलासिस सेवा बाहक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिए । उनले जनशक्तिको अभावका कारण ५० बेडको अस्पतालमा ९५ बेड सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेको अराजक गतिविधि हुनु दुखद भएको समेत बताए ।

त्यस्तै अस्पतालमा ठाउँको र जनशक्ति अभावले रगतको कल्चर सेवा नभएको मेसु सिंहले बताए । उनले भने,‘ मैले उहाँहरूलाई सम्झाउँदै थिए । उहाँहरु मध्य एक जनाले कालोमोसो दल्नुभयो । यो म माथि भएको घटना नियोजित हो । कसैले लगाएर आएको जस्तो देखिन्छ । उहाँको श्रीमती बिरामी भन्ने कुरा थियो । तर, उहाँहरूले एक जना वृद्ध ब्यक्तिलाई बाटोबाट समातेर ल्याउनु भएको थियो ।’

त्यस्तै उनले ति ब्यक्तिलाई कानुनले कडा भन्दा कडा कारबाही गरे मात्र आफूहरूले सेवा दिने नत्र सेवा बन्द गर्ने चेतावनी दिए । उनले आफू हरूलाई सुरक्षाको प्रत्याभूति नहुदाँ सम्म काम गर्न नसक्ने समेत बताए ।

त्यस्तै परियारले बिहीबार आफ्नो फेसबुकबाट राप्ती प्रादेशिक अस्पताललाई तहस नहस वनाई बिरामीलाई प्राईभेट अस्पताल र क्लिनिकमा जान बाध्य बनाउने जनतामारा नीति कुरा कुनै हालतमा मान्य नहुने भन्दै चेतावनी दिएको भन्दै लेखेको थिए । उनले जो कोहि होस समयमै चेतना आओस् ,अनेरास्ववियु जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);