दाङमा चर्किंदै चिकित्सकको आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा चर्किंदै चिकित्सकको आन्दोलन

दाङ । दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सडक आन्दोलन चर्काउँदै गएका छन् । विगत चार दिनदेखि आन्दोलनरत जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीले सडक आन्दोलनलाई चर्काउन थालेका हुन् ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला संयोजक, सहसंयोजकसहितको समूहले कार्यकक्षमै मोसो दलेको घटनालाई लिएर यहाँको स्वास्थ्य क्षेत्र अहिले आन्दोलित भएको छ । विद्यार्थी नेतालाई प्रहरीले पक्राउ नगरेको, कानुनी कारबाही गर्न नसकेको र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षा नभएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार सयौँको संख्यामा तुलसीपुरमा सडक आन्दोलन गरेका थिए भने सोमबार घोराही क्षेत्रमा सुरक्षाको माग र दोषीलाई काराबाहीको माग गर्दै सडक आन्दोलन गरेका थिए । दोषीलाई कारबाहीको माग, चिकित्सकलाई न्यायको माग र सुरक्षाको प्रत्याभूति गर्न माग गर्दे नाराबाजीसहित स्वास्थ्यकर्मीहरूले -याली निकालेका छन् ।

दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक डा. ओम अर्यालले बताए ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौमा डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेको थियो । चार दिनसम्म मोसो दल्ने व्यक्ति पक्राउ नपरेपछि दाङका स्वास्थ्यकर्मीहरू लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले घटनामा संलग्नको खोजी जारी राखिएको भन्दै कानुनी दायरामा ल्याइने बताए । नेपाल चिकितसक संघका उपाध्यक्ष किशोर खत्रीले दोषीलाई कानुनी दायरामा नलयाउँदासम्म र सुरक्षाको प्रत्याभूति नहुँदासम्म आन्दोलन निरन्तर रूपमा अघि बढ्ने बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);