नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको निधन

PUSKARLAL shreshtha

काठमाडौं, ४ बैशाख । वरिष्ठ पत्रकार तथा नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पत्रकार श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको हो । श्रेष्ठको पार्थिव शरीर दिउँसो भूगोलपार्कमा श्रद्धाञ्जलीका लागि राखिने छ भने बुधबार नै अन्तिम संस्कारका पशुपति आर्यघाट लगिने कामना न्यूज पब्लिकेसन्स जनाएको छ । उनलाई साढे पाँच महिना अघि नाकमा समस्या भएपछि राजधानीको बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

उनलाई मृगौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्दै आएको थियो । उपचारका क्रममा चिकित्सकहरुले श्रेष्ठलाई जिबिएस भाइरसको संक्रमण भएको आशंका गर्दै थप उपचारका लागि भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेका थिए । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);