डेंगुबाट पत्रकार अधिकारीको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डेंगुबाट पत्रकार अधिकारीको निधन

काठमाडौं। डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरेका छन् । अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान युवा पत्रकार गुमाएको उनको भनाइ छ । महासचिव पुरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);