स्यालको टोकाइबाट मुसिकाेटमा नौ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

स्यालको टोकाइबाट मुसिकाेटमा नौ जना घाइते

सुर्खेत। रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो । घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट-१० का भूपेन्द्र बुढा छन् ।घाइतेमध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मङ्गलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए। स्यालले मान्छेलाई टोक्दै हिडेको उनकाे भनाइ छ । ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजालगायत ठाउँमा स्यालको बिगबिगी बढेको छ । स्यालले घरमै बसेका तथा बाटोमा हिंड्नेलाई समेत टोकिरहेको छ ।

घाइतेमध्ये एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत ल्याइएकाे छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई रेबिजविरुद्धको खोप दिएको छ । उक्त स्याललाई नियन्त्रणमा लिन सकिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);