जयपृथ्बी नगरपालीकामा स्यालको टोकाईबाट ५ बालक घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

जयपृथ्बी नगरपालीकामा स्यालको टोकाईबाट ५ बालक घाईते

ललित सिंह,१५ बैशाख ,वझाङ्ग ।
बझाङ्गको जयपृथ्बी नगरपालीका १० दम्दुरमा स्यालले आतङक मच्चायको छ । घर भित्रै गएर मानिसलाई टोक्ने देखि पशु चौपायालाई टोक्ने गरेको स्थानीयहरु बताउन्छन् । दिउसै घर भित्रै आएर स्यालले टोक्ने गरेको स्थानिय

जयपृथ्बी नगरपालीकामा स्यालको टोकाईबाट ५ बालक घाईते

ललित सिंह,१५ बैशाख ,वझाङ्ग । बझाङ्गको जयपृथ्बी नगरपालीका १० दम्दुरमा स्यालले आतङक मच्चायको छ । घर भित्रै गएर मानिसलाई टोक्ने देखि पशु चौपायालाई टोक्ने गरेको स्थानीयहरु बताउन्छन् । दिउसै घर भित्रै आएर स्यालले टोक्ने गरेको स्थानिय जगत खड्काले बताए । स्यालकै डरले दिउसै घर फर्कनु पर्ने वाध्यता छ स्थानीयलाई । दिउसो घर नजिकै काम गर्ने क्रममै स्यालले केहि दिन यता मात्र एक बालक सहित ५ जना स्थानीयहरु घाईते भएका छन् । ८ बर्षीया बालक रमेश जोशीलाई घर भित्रै स्याल गएर टोकेको घाईते बालककी दिदी तरुणा जोशीले बताईन् ।

 

स्यालको टोकाईले स्थानीय भगीराज थापा, दिपा जोशि , अँगीरा देबि जोशि ,रमा देबि उपाध्याय र हासु नेपाली रहेका छन् । स्यालको टोकाईबाट अँगीरा देबि जोशिलाई सुई र हाँसु नेपालीलाई भने स्यालले टोकेको घाउमा ४ टाँकालगाउनु परेको छ । रात परेपछि झण्डै ५० देखि ६० को संख्यामा स्याल गाँउ छिर्ने र मान्छे , कुकुर तथा अन्य पशुहरुलाई झम्टीने गरेको स्थानीय हरि जोशीले वताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);