हाट बजारमा अवैध मदिरा विक्रि, प्रहरी प्रशासन मुकर्दशक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हाट बजारमा अवैध मदिरा विक्रि, प्रहरी प्रशासन मुकर्दशक

सुरेन्द्र कुमार कामति, १५ वैशाख सिरहा । सिरहाको विभिन्न ग्रामीण हाटबजारमा खुला रुपमा घरेलु मदिरा बिक्रि वितरण भईरहेको छ । अखाद्य वस्तु मिसाईएर बनाईएको घरेलु मदिराका कारण ज्यान जाने जोखिम उच्च रहदा समेत सिरहामा खुला रुपमा घरेलु मदिराको अवैध विक्रि वितरण भईरहेको छ । गाउँहरुमा सातामा २÷३ दिन लाग्ने

हाट बजारमा अवैध मदिरा विक्रि

 

 

सुरेन्द्र कुमार कामति, १५ वैशाख सिरहा । सिरहाको विभिन्न ग्रामीण हाटबजारमा खुला रुपमा घरेलु मदिरा बिक्रि वितरण भईरहेको छ । अखाद्य वस्तु मिसाईएर बनाईएको घरेलु मदिराका कारण ज्यान जाने जोखिम उच्च रहदा समेत सिरहामा खुला रुपमा घरेलु मदिराको अवैध विक्रि वितरण भईरहेको छ । गाउँहरुमा सातामा २÷३ दिन लाग्ने त्यस्ता हाट बजारमा अवैध घरेलु मदिराको विना रोकटोक विक्रि हुन्छ । सस्तो भएकोले पनि न्यून आय भएकाहरु हाटबजारमै खुला रुपमा पाईने अवैध घरेलु मदिरालाई प्राथमिता दिने गरेका छन् । सार्वजनिक चौक चौराहा र हाटबजारमा ककिला उमेरका किशोरदेखि वुढापाकाहरु पनि घरेलु मदिरा पिउन मmुम्मिने गरेका छन् ।

 

जुगाका रेखाकंन पनि नआएकाहरु घरेलु मदिराको पारखी भएका छन् । समाजिक सुधार ऐन अनुसार सार्वजनिक चौक चौराहामा यसरी खुला रुपमा मदिरा सेवनमा प्रतिवन्ध लगाएपनि गाउँबजारमा लाग्ने हाटबजारमा समान्य कुरा रहेको छ । नजिकै प्रहरी कार्यालय रहेको र प्रहरी पनि हाटबजारको सुरक्षामा खटिने भएपनि यस्ता अवैध कारोबारलाई नियन्त्रणमा लिन सकेको छैन् । प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि वितरणमा रोक लगाएको दाबी गरेपनि गाउँघरका हाटबजारमा यस्ता दृश्यहरु समान्य छ । प्रहरीलाई साप्ताहिक र मासिक रुपमा रकम दिदै आएकोले आफूहरुलाई कुनै अवरोध नगरेको एक व्यवसायीले बताए । यता प्रहरी प्रवक्ता डिएसपी साँस्कृतिक हिसाबले जाडरक्सी सेवन गरिने गरेको बताउँछ ।

 

जाड रक्सीले कसैलाई राम्रो नगरेको भएपनि घरचुवा रक्सीको प्रयोगले जघन्य अपराध भईरहेको प्रहरी प्रवक्ता डिएसपी पोखरेलले स्वीकार गरेका छन् । घरचुवा रक्सी नियन्त्रण गर्न सचेतनामा जोड दिनुपर्ने भन्दै डिएसपी पोखरेलले प्रहरीले मात्रै नियन्त्रण हुन नसक्ने बताएका छन् । अवैध रुपमा सार्वजनिक हाटबजारमा यसरी घरचुवा(घरेलु मदिरा)को उत्पादन र विक्रि वितरण तिव्र भईरहदा पनि रोक्ने निकाय मुकर्दशक साबित भएको छ । उनीहरु असुलीमा मात्रै लागेको कतिपयको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);