सल्यानमा स्यालको आक्रमणबाट ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

सल्यानमा स्यालको आक्रमणबाट ६ जना घाइते

fox-shyal

सल्यान, २२ मंसिर । वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका हुन् ।

स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् । यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन् ।

बेलुका घर बाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताए। यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा विसीले जानकारी दिए ।

स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनवन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ । उक्त स्यालको खोजी भइरहेको सल्लीबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।