बारामा सवारी दुर्घटनामा हुँदा एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बारामा सवारी दुर्घटनामा हुँदा एक बालिकाको मृत्यु

accident

बारा, २२ मंसिर । पूर्व–पश्चिम लोकमार्ग अन्तरर्गत बाराको आधाभारमा शनिवार बिहान भएको सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ ।

सिमराबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको ना १ ज २८८१ नम्बरको टाटासुमोले लु २ ख ४९६ नम्बरको मालबाहक ट्रकलाई पछाडीबाट ठक्कर दिएपछि काभ्रे नमोबुद्ध नगरपालिका–२ की एक वर्षिया बालिका संजना तामाङ्गको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एकै परिवारका चार जना सहित दश जना घाईते छन् । उनीहरुको विरगंजको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । त्यसमध्ये दुई जनाको अवस्था गम्भिर छ । उनीहरुलाई काठमाडौं पठाईएको ट्राफ्रिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);