कांग्रेसको जुनसुकै सदस्यलाई पार्टीको सभापतिमा चुनाव लड्न छुट : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कांग्रेसको जुनसुकै सदस्यलाई पार्टीको सभापतिमा चुनाव लड्न छुट : देउवा

सभापति शेरबहादुर देउवा

कैलाली, ४ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको जुनसुकै सदस्यलाई पनि सभापतिमा चुनाव लड्न छुट भएको बताएका छन् । प्रेस युनियन लम्की टीकापुरले बुधबार लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको बताए । विरोध गर्ने मात्रै नभई जोसुकैलाई पार्टीको सभापतिमा चुनाव लड्न छुट भएको उनले स्पष्ट पारे ।

‘वर्तमान पार्टी सभापतिलाई अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए’ उनले भने–‘मलाई नराम्रो भन्ने मात्रै हैन पार्टीे सभापति लड्न पनि छुट छ । उनले आगामी अधिबेशन पछि आन्तरिक गुटबन्दी अन्त्य भई काँग्रेस एक हुने बताए ।

प्रतिपक्षको भूमिका आगो लगाउने, रेलिङ भाँच्ने मात्रै नभएकाले आफ्नो पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देउवाको भनाई थियो । उनले वर्तमान सरकारलाई काँग्रेसले चुनावबाटै प्रतिस्थापन गर्ने दावी गरे।

उनले भातृ संगठन अस्तव्यस्त बनेको प्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र चाँडै सुधार हुने जिकिर गरे । टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो रहेको औल्याए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);