सरकारले अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारले अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाएका छन् ।

शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको आरोप लगाए ।

सभापति देउवाले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संबैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे । उनले भने –“उपसभामुखको चुनाव अहिले सम्म नगराई राखेर संबैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुख दिनका लागि मनपरी किसिमले अध्यादेश ल्याईएको छ । ब्लाकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);