नयाँ प्रदेशिक शिक्षा ऐन बनाउने शिक्षामन्त्री पोखरेलको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ प्रदेशिक शिक्षा ऐन बनाउने शिक्षामन्त्री पोखरेलको तयारी

Girirajmani Pokhrel

काठमाडौं, २५ चैत । सरोकारवालाहरुले शिक्षा नीतिलाई संघीय प्रादेशीक संरचनामा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले संघीय संरचना अनुरुप शिक्षा निती बनाउनुपर्ने बताएका हुन् ।

नेपालको शिक्षा प्रणाली व्यवहारीक नभएको भन्दै उनीहरुले गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए । प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले सरकारले निःशुल्क शिक्षा दिने भने पनि व्यवहारमा लागु नभएको बताए ।  प्रदेश–६ का सामाजिक विकासमन्त्री दल रावलले कर्णली प्रदेश सम्भावनाको खानी भएको भन्दै यस प्रदेशमा विश्व विद्यालय सञ्चालनमा ल्याउनपर्ने बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले सातै प्रदेशका शिक्षामा देखिएको समस्या समाधान गर्न केन्द्र सरकारले गृहकार्य गरिरहेको बताए । उनले नयाँ प्रदेशिक शिक्षा ऐन आएपछि सबै समस्या समाधान हुने दाबी गरे ।

कार्यक्रममा सहभागीहरुले नेपालको शिक्षाले बेरोजगारी मात्र उत्पादन गरेको भन्दै शिक्षा प्रणलीलाई व्यवहारिक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);