प्रधानमन्त्री देउवाद्धारा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता बस्नेतलाई चुनौति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रधानमन्त्री देउवाद्धारा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता बस्नेतलाई चुनौति

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौति दिएका छन । शुक्रबार बिहान नेता बस्नेतको निर्वाचन क्षेत्रमा पर्ने भक्तपुरको कटुन्जेमा पार्टीका वडा अधिवेशनमा उद्घाटन गर्दै देउवाले भक्तपुरका आफना पार्टीका जिल्ला सभापति दुलर्भ थापालाई आगामी निर्वाचनमा हराएर देखाउन चुनौति दिएका हुन ।

उनले भने, ‘बस्नेतजीले मलाई हराउनु पर्दैन । भक्तपुरका पार्टी सभापति दुलर्भ थापालाई हराए हुन्छ । पार्टीका सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु–आगामी निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याउनुपर्छ ।’ प्रधानमन्त्री देउवाले कोरोनाको संकट भएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पार्टीको महाधिवेशनमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । उनले सकेसम्म सर्वसम्मतिनै नेतृत्व चयन गर्ने बाटोमा लाग्नुपर्नेमा पनि जोड दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);