देउवाद्दारा कुराभन्दा काम गरेर देखाउन सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवाद्दारा कुराभन्दा काम गरेर देखाउन सरकारलाई सुझाव

serbahadur

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुराभन्दा काम गरेर देखाउन सरकारलाई सुझाव दिएका छन् ।

११ औं गणतन्त्र दिवसका अवसरमा मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा कांग्रेस सभापति देउवाले जनताले गफभन्दा विकास चाहेको भन्दै जनआकांक्षा सम्बोधन हुने गरी काम गर्न सुझाव दिए । उनले प्रधानमन्त्री ओलीमा घमण्ड बढेको भन्दै लोकतान्त्रिक आचरण व्यवहारबाट देखाउन चुनौति दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अब शान्ति र गणतन्त्रको विपक्षमा उभिन कसैले पनि साहस गर्न नसक्ने बताए । उनले आर्थिक विकासको जनचाहना पूरा गर्न सबै राजनीति दल इमान्दार हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङ, नेपाली कांग्रसका नेता कृष्णप्रसाद सिटौला लगायतले दलहरुले अब जनताको जीविकोपार्जनमा सुधार ल्याउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);