११औं गणतन्त्र दिवस मंगलबार राजधानीको टुँडीखेलमा विशेष समारोह आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

११औं गणतन्त्र दिवस मंगलबार राजधानीको टुँडीखेलमा विशेष समारोह आयोजना

g day

काठमाडौं, १५ जेठ । ११औं गणतन्त्र दिवस मंगलबार राजधानीको टुँडीखेलमा विशेष समारोह आयोजना गरि मनाइएको छ । करिव डेढघण्टा सम्म चलेको कार्यक्रममा सर्वसाधारणलाई भने प्रवेश सुविधा थिएन । सुरक्षाको चुनौति देखाउदै टुडिखेलको परिपरि नेपाल प्रहरीका जवानलाई खटाइएर टुडिखेलमा भइरहेको समारोह हेर्नसमेत सर्वसाधरणलाई रोक लगाइएको थियो ।

गणतन्त्र नेपालका प्रतिक राष्ट्रपतिलाई सहभागि गराएर सरकारीस्तरमा ११औं गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस समारोहमा सर्वसाधारण भने खेलाडी र सांकृतिक झाकीका सदस्य मात्र प्रवेश गरेका थिए । उनीहरुपनि उच्चपदस्थका लागि देखाउने झाकी र खेल कौंशलका लागि थिए । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारणको औपचारिकता पुरा गरिएको थियो ।

अनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक–एक जोडी परेवा उडाएका थिए । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए । समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेषभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।

झाँकीमा पञ्चकन्या सहभागी हुनुका साथै, लाखे, लाठीनाच, अष्टमातृका नाच प्रस्तुत गरियो भने बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति नेपाल, परम्परागत बौद्धधर्म संघ, जिल्ला समन्वय समिति, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्ले पनि ब्यानरसहित सहभागिता जनाएका थिए । कार्यक्रममा कृषि विभाग तथा कृषि अनुसन्धान परिषद्ले नेपालमा उत्पादन हुने कृषि सामग्रीहरु समेटिएको आकर्षक झाँकी प्रस्तुत गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौडा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए । खेल कोषल तथा युद्धकौशल पनि प्रस्तुत गरिएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश पाचवटै सम्मानीयसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीह, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, उद्योगी व्यवसायी, निजामती, जंगीका उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो ।

सहभागि गणतन्त्र दिवसको समारोहमा सर्वसाधारणले भने प्रवेश पाएनन् । एउटामात्र परिवारको शासन अन्त्य गरेर जनताको शासन आएको भनिएको गणतन्त्र दिवस समारोहमा सर्वसाधारणलाई भने टुडिखेलबाहिरबाट हेर्नसमेत प्रतिबन्ध लगाइएको थियो । २०६२/६३ को जनआन्दोलन पछि गठित संविधानसभाको पहिलो बैठकबाट २०६५साल जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्था अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);