राजपरम्पराको अन्त्यको घोषणा भएको दिन आज गणतन्त्र दिवस मनाइदै | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

राजपरम्पराको अन्त्यको घोषणा भएको दिन आज गणतन्त्र दिवस मनाइदै

Ganatantra-Diwas

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइदैछ । देशमा गणतन्त्र घोषणा भएको १५ वर्ष पुरा गरी १६औं ववर्षमा प्रवेश गरेको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना हुँदैछ ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो ।

Leave a Reply

ताजा समाचार