आज गणतन्त्र दिवस, भब्य रुपमा मनाईंदै, टुँडिखेलमा विशेष समारोहको आयोजना | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आज गणतन्त्र दिवस, भब्य रुपमा मनाईंदै, टुँडिखेलमा विशेष समारोहको आयोजना

आज १० औं गणतन्त्र दिवस । नेपालमा गणतन्त्र आएको ९ वर्ष पूरा भएको छ ।

आज गणतन्त्र दिवस

काठमाडौं । आज १० औं गणतन्त्र दिवस । नेपालमा गणतन्त्र आएको ९ वर्ष पूरा भएको छ ।

२ सय ४० वर्ष लामो राजतन्त्रको अन्त्य भई आज कै दिन अर्थात २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको हो। गणतन्त्र स्थापनायताको नौ वर्षको अवधिमा दुई पटक संविधान सभाको निर्वाचन भई मुलुकले नयाँ संविधान पाएको छ ।

संविधानले मुलुकमा संघीय शासन व्यवस्थाको सुनिश्चित गरेको छ भने जनताका धेरै हक अधिकार सुरक्षित गरेको छ ।

संविधानले सुनश्चित गरेका हक अधिकार जनतालाई उनीहरुको दैलोमा दिलाउन स्थानीय तहको पहिलो चरणको निर्वाचन समेत सम्पन्न भएको छ ।

यद्यपि, कतिपय दलहरुले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका छन् । खासगरी मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनको माग गर्दै आन्दोलनको चेतावनी दिंदै आएको छ । गणतन्त्रको ९ वर्षको अवधिमा राजनीतिक अस्थिरता भने मौलाएको छ ।

एक वर्ष पनि पूरा नहुँदै सरकार परिवर्तनका कारण आम जनतामा निराशा बढेको छ । गणतन्त्र जनताका लागि नभएर राजनीतिक दल र तिनका नेताका लागि मात्र हो भन्ने गुनासो बढेको छ ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);