भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा छानविन गर्न गठित समितिले आफ्नो काम टुङ्गायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा छानविन गर्न गठित समितिले आफ्नो काम टुङ्गायो

१६ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना भैरहेका बेला मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न आएको टोलीले जिल्लामा आवश्यक सबै संयन्त्रसंग भेट गरी काम टुङग्याएको छ ।

भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा छानविन गर्न गठित समितिले आफ्नो काम टुङ्गायो

१६ जेठ, काठमाडौं । चितवनको  भरतपुर महानगरपालिकाको मतगणना भैरहेका बेला मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न आएको टोलीले  जिल्लामा आवश्यक सबै संयन्त्रसंग भेट गरी काम टुङग्याएको छ ।

निर्वाचन आयोगले गठन गरेको छानविन समितिले सोमबार चितवन आइजिल्लाका राजनीतिक दल, सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलगायतकासंग छलफल गरी काम सम्पन्न गरेको समितिका संयोजक गीताप्रसाद तिमल्सिनाले जानकारी दिनु भयो । छलफलबाट आएको प्रतिवेदन भोलि बुधबार काठमाडौँमा बुझाइने पनि उहाँले जनाउनु भएको छ ।

छानविन समितिका संयोजक गिताप्रसाद तिमल्सिना नेतृत्वको समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि यसबारे निर्वाचन आयोगले निर्णय लिने भएको छ  । यसैबीच काठमाडौंबाट चितवन पुग्नु भएका नेकपा एमालेका महासचिव इश्वर पोखरेलले रोकिएको मतगणना कार्य तुरुन्त शुरु गर्न आग्रह गर्दै कतै पनि पूर्वाग्रह नराखी काम गर्न जिल्ला निर्वाचन अधिकारीहरुलार्ई ध्यानाकर्षण गराउनु भयो । उहाँले कहिकतैबाट पूर्वाग्रहको छनक फेलापारे त्यसको पनि हिसाव किताव हुने चेतावनी दिनु भयो । मतपत्र च्यातिएको घटनापछि भरपुरमा यसबेलासम्म मतगणना रोकिएको छ ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो ।आइतबार राति ११ बजेर ४४ मिनेटमा मतगणना हुँदै गर्दा मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुइ जना प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । अहिले मतगणनास्थलको ढोका लालछाप लगाई दलका प्रतिनिधि र प्रहरीले संयुक्त रुपमा मतपत्रको सुरक्षा दिएका छन्  ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);