बागमती प्रदेशमा एकीकृत समाजवादीमा सनाखत गर्ने सांसद १३ पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

बागमती प्रदेशमा एकीकृत समाजवादीमा सनाखत गर्ने सांसद १३ पुगे

मकवानपुर । बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो ।

प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडा पगेर ज्ञवालीले शुक्रबार समाजवादीमा सनाखत गरेकी हुन् । सांसदहरूको एमाले त्यागेर एकीकृत समाजवादीमा आउने क्रम जारी रहेको छ ।

उनी जस्तै प्रदेशसभाका अन्य १२ जना सांसदहरू राजेन्द्र पाण्डे, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, पार्वती सिलवाल र कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् । 

बागमती प्रदेशमा एमालेका ५६ सांसद रहेकोमा १३ जना एकीकृत समाजवादी प्रवेश गरिसकेका छन् । अब एमालेसँग ४३ जना सांसद मात्रै छन् ।

भदौ २२ गतेसम्म एकीकृत समाजवादीमा आवद्ध हुनका लागि समय रहेकाले अझै केही प्रदेश सांसदले सनाखत गर्ने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);