संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दूरुपयोग भएको थापाको दाबी छ ।

शुक्रबार मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युबा संगठनद्वारा आयोजित अगुवा युबा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवा भन्दा पनि ब्यापार भएकोभन्दै चिन्ता व्यक्त गरे ।

‘स्वार्थी एवं भ्रष्ट व्यापारी, ठेकेदार र नेताहरूको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई बन्धक बनाएको छ । थापाले गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदूषित गरेको छ। जबसम्म यो माफियातन्त्रलाई पराजित गर्न सकिन्न, तबसम्म प्रजातन्त्र जनताको हितको लागि हुँदैन’, थापाले भने ।

इमानदार र विकासप्रेमीभन्दा माफिया, व्यापारी, बिचौलिया राजनीतिमा हाबी भएको थापाको टिप्पणी छ । राजनीति भ्रष्टिकरणतर्फ गैरहेको बताउँदै अध्यक्ष थापाले युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए । भ्रष्टाचार, अनियमितता र लुट हाबी भएकाले राष्ट्रियता तथा प्रजातन्त्र कमजोर भएको उनले बताए ।

’भएका उद्योग धन्दा कौडिको मूल्यमा बेच्ने, युबालाई रगत पसिना बगाउन मरुभूमिमा जान बाध्य बनाउने सत्तारुढ दलहरूले युबालाई निराश बनाएका छन् । अब त्यो प्रवृतिको अन्त्य हुनुपर्छ । र, समृद्ध मुलुक निर्माणका लागि युवा पुस्ता जागृत हुनुपर्छ’, उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);