वामदेव गौतमले परित्याग गरे एमाले | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

वामदेव गौतमले परित्याग गरे एमाले

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइराखेका गौतमले एक्कासी शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट दिएको राजीनामापत्र कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका छन् ।

अध्यक्ष ओलीलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा गौतमले ओलीले जनताको बहुदलीय जनवादले अबलम्बन गरेको संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको उल्लेख छ । ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थन भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);