सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध रुपले आक्रमण भएको छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध रुपले आक्रमण भएको छ : कमल थापा

कमल थापा

काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले केही बर्ष देखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भईरहेको बताउनुभएको हो ।

धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउदै लगेको तर्क उहाँले गर्नुभयो । उहाँले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो ।

अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

उहाँले १० बर्षको बीचमा दशौ लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);