धर्मनिरपेक्षताबारे अहिले ठूलो जमात मौन ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धर्मनिरपेक्षताबारे अहिले ठूलो जमात मौन !

काठमाडौं, ३० फागुन । दोस्रो जनआन्दोलन सम्पन्न भएर अन्तरीम संविधान बन्नु अघीसम्म नेपाल हिन्दु राष्ट्र थियो । अन्तरीम संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनेर परिभाषित गरिएपछि संसारको एकमात्र हिन्दु राष्ट्र भन्ने पहिचानबाट नेपाल हट्न पुग्यो ।

संविधानमै व्यवस्था गरिएकोले अहिले ठूलो जमात धर्मनिरपेक्षताबारे मौन देखिन्छ भने ठूला पार्टी भित्रकै केही नेता र खासगरी राप्रपा हिन्दु राष्ट्रको पक्षमा खुलेर बोलिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानमा धर्म निरपेक्षताको प्रावधान राख्दादेखी नै यो प्रावधानलाई लिएर विरोध जनाउँदै आएको थियो । उसले देश धर्म निरपेक्ष भएपछी हिन्दु धर्म संस्कृती माथी प्रहार भईरहेको, आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराईरहेको जीकिर गर्दै आएको छ ।

पछिल्लो समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र पनि देश धर्मनिरपेक्षतामा जानु गलत थियो, भन्ने आवाज जबरजस्त रुपमा मुखरीत भइरहेको छ । कांग्रेस नेता शंकर भण्डारी सनातन हिन्दु धर्मको विरुद्धमा क्रियासिल केही शक्तीहरुले आफ्नो स्वार्थपुर्तीको एउटा माध्यमको रुपमा धर्मनिरपेक्षतालाई प्रयोग गरेको र षड्यन्त्र मार्फत संविधानमा धर्मनिरपेक्षताको विषय राखिएको बताउनु हुन्छ ।

संविधान निर्माणको समयमा लिखित असहमती नजनाएका शक्तीहरुसंग अहिले जनतामाझ जान गतिलो मुद्दा नभएको कारण उनीहरु हिन्दु धर्मको कुरा जबर्जस्त उठाउन खोजीरहेको नेकपा नेता लालबहादुर थापाको तर्क छ ।

तर राजनीतिक विश्लेषक तथा अधिवक्ता विष्णु भट्टराई धर्म निरपेक्षता देशको राष्ट्रिय पहिचान विपरीत भएको र जन भावना विपरीत लादिएको तर्क गर्नुहुन्छ । संविधानमा धर्म निरपेक्षताको प्रावधानपछी देशमा धर्म परिवर्तको लहर चलीरहेको उहाँको भनाई छ ।

एकीकृत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र नै बनाउनु पर्ने भनी राजनीकित रुपमै मुल मुद्दा बनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भने केही शीर्ष र केही अन्य नेताहरुले यसको समर्थनमा बोलिरहेका छन् । तर केन्द्रिय समिति बैठकले यस बारे केही धारणा बनाएको छैन । सत्तारुढ दल नेकपा भने धर्मनिरपेक्षताकै पक्षमा छ र यसवारे मौन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);