नेपाली कांग्रेसमा हिन्दुराज्यको समर्थनमा जनमत बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपाली कांग्रेसमा हिन्दुराज्यको समर्थनमा जनमत बढ्दै

congress

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका केही महासमिति सदस्य, प्रदेश सांसद र जिल्ला सभापति लगायतले नेपाललाई पुनः हिन्दुराज्य बनाउनुपर्छ भन्ने अभियानका साथ हस्ताक्षर संकलन गरेर शुक्रबार पार्टी सभापतीलाई बुझाएका छन् ।

केहि महासमिति सदस्यले भने धर्मनिरपेक्षता सहितको संविधान जारी भईसकेको अवस्थामा पुनः हिन्दु राज्य चाहिन्छ भन्नु भन्दा बैकल्पिक बाटो खोज्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको मंसिर २९ गते देखि बसेको महासमिति बैठकको प्राथमिकतामा विधान संशोधन, राजनीतिक, आर्थिक दृष्टिकोण निर्माण तथा सांगठनिक स्वरुप प्रभावकारी बनाउने विषय छ । तर, बैठक सुरु भएकै दिन देखि बाहिर भने नेपाललाई पुन हिन्दुराज्य बनाउने अभियान चलिरहेको छ ।

महासमिति बैठकको एजेण्डा समेत बन्न नसकेको विषयमा महासमिति सदस्यहरु मात्र हैन केन्द्रीय सदस्यहरु नैं नेतृत्वदायी भूमिकामा देखिएका छन् । हिन्दुराज्य पक्षधरले मानिसको कर्तव्य भने कै धर्म रक्षा भएको र मावन हितकै लागि राजनीतिमा लागेका कारण पनि धर्मरक्षाको नेतृत्व कांग्रेसले नैं गर्नुपर्ने उनीहरुको बुझाई छ ।

कांग्रेसको महासमिति बैठकमा झण्डाका विषयमा समेत फरक फरक परिभाषा सुरु भएका छन् । उसैको परिभाषा अनुसार कांग्रेसको झण्डामा अंकित चार ताराले चार प्रकारका स्वतन्त्रतालाई प्रतिनिधित्व गर्छ ।

त्यस मध्येको एउटा धार्मिक स्वतन्त्रता हो । तर, अहिले त्यसलाई कसैले धार्मिक स्वतन्त्रता भनेकै बहुसंख्यकको मान्यता भन्दै धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र भनिरहेका छन् भने केहीले संविधानले धर्म निरपेक्षता स्वीकार गरिसकेपछि त्यसले र कांग्रेसको झण्डामा रहेको तारा दुबैले धार्मिक स्वतन्त्रतालाई नैं प्रतिनिधित्व गरिरहेको दावी गरेका छन् ।

नेपालमा विदेशीहरुले नेपालीहरुको सभ्यता पहिचान संकृति मेटाउनका लागि धर्ममा आक्रमण गरेको र त्यसैको प्रभावमा संविधानमा धर्म निरपेक्षता आएको हिन्दु धर्म पक्षधरहरुको बुझाई छ । उनीहरुले दिनमा दुई गुना रातमा चौगुना क्रिश्चियन बढ्दै गएको, नेपालको राष्ट्रप्रमुखले नै युनिभर्सल पीस फेडेरेसनका नाममा क्रिश्चिएन विस्तारमा लागेको तथा देशको मौलिक पहिचान र राष्ट्रियतामा चुनौती थपेको कारण पनि हिन्दु राज्यमा जानुको विकल्प नरहेको बताइरहेका छन् ।

तर केहीले भने संविधानको मर्म र कांग्रेसको नीति दुबै बचाउनका लागि पार्टीले धर्म निरपेक्षताको बदलामा हिन्दु राज्य भन्दा संविधानमा धार्मिक स्वतन्त्रता राखेर बैकल्पिक बाटो खोज्नु पर्ने सुझाव दिएका छन् ।

महासमिति बैठकमा सहभागि १६ सय मध्ये सात सय भन्दा बढि महासमिति सदस्यले हिन्दु राज्यका पक्षमा हस्ताक्षेर गरेर सभापतिलाई बुझाएपनि महासमितिको एजेण्डा बन्न भने सकेको छैन । यसले नीतिमा धार्मिक स्वतन्त्रता बोकेको र संविधानमा धर्मनिपेक्षता स्वीकारेको कांग्रेसलाई सबैभन्दा अप्ठेरो मोडमा उभ्याइदिएको छ ।

एकातिर हिन्दु राज्यका पक्षमा नागरिक अपेक्षा अर्कातिर केन्द्रीय सदस्य देखि महासमिति सदस्यसम्मको खुल्ला दवावले कांग्रेस कहाँ उभिने भन्नेमा नेतृत्व दोधारमा देखिएको छ । कांग्रेस नेतृत्व प्रष्ट भएर यसमा दृष्टिकोण निर्माण गर्न नसके त्यसले कांग्रेसमा द्वन्द्व मात्र कायम राख्दैन त्यसले नागरिकमा समेत भ्रम पैदा गर्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);