कांग्रेसको महासमिती बैठकमा विधान मस्यौदा पेश हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कांग्रेसको महासमिती बैठकमा विधान मस्यौदा पेश हुन सकेन

congress

काठमाडौं, ४ पौष । महासमिति बैठकको चार दिन पछि महासमिति बैठकमा पेश गर्न नेपाली कांग्रेसको विधान मस्यौदामा सहमति जुुटेको छ । लामो रस्साकसीपछि विधानमा आठजना पदाधिकारी र एकसय ६१ सदस्यीय केन्द्रीय समितिमा सहमति जुटेपनि महासमिति बैठकमा भने अझै प्रस्ताव पेश हुन सकेको छैन । त्यसले महासमिति सदस्यहरुमा अझै अन्योल देखिएको छ ।

गत २९ मंसिरमा उद्घाटन भएको कांग्रेसको महासमिती बैठकमा विधान मस्यौदा पेश हुन नसक्दा महासमिति बैठकले सदस्यहरुमा रौनक भर्न सकेको छैन । मंगलबार दिनभरको प्रयासपछि ढिला मात्र केन्द्रीय कार्यसमिति र पदाधिकारको संख्यामा सहमति जुटेपनि विधानको संशोधित मस्यौदा महासमिति बैठकमा पेश हुन सकेको छैन ।

त्यसैले चार दिनदेखि छलफलमा रहेका महासमिति सदस्यहरुमा अन्यौल देखिएको छ । कोषाध्यक्ष बाहेकका पदाधिकारीहरु,सभापति १ जना सहित उपसभापति, महामन्त्री र सहमहामन्त्री दुइदुइ जना हुने र सबै निर्वाचित हुने तथा समावेसी प्रतिनिधित्वसहित केन्द्रीय कार्यसमिती एक सय ६१ पुु¥याउने गरी सहमति जुुटेको छ ।

हाल ८५ सदस्य रहेको केन्द्रीय कार्यसमितीमा एकै पटक ७६ सदस्य थपिने भएका छन् । अहिले भएका ८५ सदस्यलाई समेत जिम्मेवारी दिन नसकेको अवस्थामा केन्द्रीय समितिको आकार बढाएकोमा कतिपय महासमिति सदस्यहरुले असन्तुुष्टि जनाएका छन् । उनीहरुले देश संघीयतामा गएको अवस्थामा कांग्रेसका संघ, प्रदेश र स्थानीय समितिहरुर्लाए चुस्त र बलियो बनाउनुपर्ने बताएका छन् । उनीहरुले केन्द्रीय कार्यसमिति जम्बो बनाउँदा भद्रगोल हुने भन्दै त्यसले केन्द्रीय समितिको नैं औचित्य नै नरहने हो कि भन्ने चिन्ता बढाएको बताएका छन् ।

कतिपय महासमिति सदस्यहरुले भने नेताहरुले मात्र सहमति गरेर नहुुने भन्दै विधानमा आफुुहरुको मत पनि महत्वपूर्ण हुने भन्दै केन्द्रीय समितिको आकार घटाउने बताएका छन् । उनीहरुले चाँडो भन्दा चाँडो बिधान मस्यौदा आफ्नो हातमा पर्नुुपर्ने भन्दै सहमतिपछि पनि विधान मस्यौदा नआएको भन्दै आक्रोस पाखेका छन् । महिलाहरुले त संविधानले तोकेको प्रतिनिधित्व सुनिश्चित नभए आफूहरुले आस्वीकार गर्ने घोषण गरेका छन् ।

नेपाली कांग्रेसमा विधानमा सहमति हुन नसकेकै कारण बैठक संचालन भएको पाँच दिनसम्म विधान मस्यौदा सदस्यहरुको हातमा पुग्न सकेको छैन । यसले नेताहरुको लामो अभ्यासबाट जुटेको सहमतिको उपलब्धी समेत देखिन पाएको छैन । देशभर उत्साह भर्न डाकिएको महासमितिमा सदस्यहरु नैं निराश भए त्यो कांग्रेसको जीवकै लागि दुःखद अवस्था हुने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);