सरकारको परराष्ट्रनीति अपरिपक्व र असन्तुलित भएको कमल थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारको परराष्ट्रनीति अपरिपक्व र असन्तुलित भएको कमल थापाको आरोप

kamal thapa

काठमाडौं, २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्व र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सरकारको अपरिपक्व परराष्ट्र नीतिका कारण मुलुक बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने खतरा बढेको बताए ।

आईतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले भेनेजुयलाको घटनाक्रमबारे नेकपाका अध्यक्ष प्रचण्डको वक्तव्यले पनि सरकारले लिएको परराष्ट्र नीति असन्तुलित र अपरिपक्व भएको पुष्टि भएको दावी गरे ।

अध्यक्ष थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको आरोप लगाउँदै भने लुटतन्त्रलाई संरक्षण गर्ने काम सरकारबाटै भईरहेको छ । दुई दिनसम्म चल्ने पार्टी केन्द्रिय कार्य समितिको बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको भावी कार्य दिशा तय गर्नेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई एकतावद्ध बनाई राख्न पनि हिन्दु धर्म र संवैधानिक राजसंस्था पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क गर्दैै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);