देउवालाई महेश बस्नेतको जवाफ : 'कांग्रेसले धेरै ठाउँमा पराजय भोग्नेछ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

देउवालाई महेश बस्नेतको जवाफ : ‘कांग्रेसले धेरै ठाउँमा पराजय भोग्नेछ’

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उनले कांग्रेस धेरै ठाउँमा हार्ने बताए । उनले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) हालत के होला भनेर प्रश्न गरे ।

‘प्रधानमन्त्रीको टाउको दुखाइ महेश बस्नेत रहेछ । भक्तपुर आएर हराउँछु भन्नुभएछ,’ बस्नेतले भने, ‘आगामी निर्वाचनमा नेपाली कांग्रेस धेरै ठाउँमा हार्ने छ । पछिल्लो गतिविधिले अझै हार्नेछ । अझ माओवादी र एसको हालत के होला ? च्याखे थाप्नेहरुको चर्चा हुँदैन ।

केही दिनअघि प्रधानमन्त्री देउवाले भक्तपुरमा वडा अधिवेशनको उदघाटन गर्ने क्रममा दुर्लभ थापालाई हराउन बस्नेतलाई चुनौती दिएका थिए ।

युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको सरकार काम गर्ने भन्दा पनि हल्ला गर्नेमात्रै भएको बताए । ‘काम नगर्ने हल्लामात्रै गर्ने सरकार पाएका छौं । केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे । कामहहरु हुन्थे । शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो,’ बस्नेतले भने, ‘५५ दिनमा देउवाले दुइटामात्रै उदघाटन गर्नुभयो । एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उदघाटन गरे । दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो ।

बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुइतिहाइको पार्टी फुटाएको आरोप लगाए ।

उनले सभामुख अग्नि सापकोटालाई पनि पदीय मर्यादामा बस्न चेतावनी दिए । ‘सभामुख बनेपछि पार्टीबाट निस्किनुपर्छ । प्रचण्डको गुलाम बनेर कार्यकर्ता बनेर हिँडे तपाईसँग प्रत्यक्ष भेटघाट हुनेछ । त्यो बेला सदनमा प्रतिपक्षी देखिनेछ,’ उनले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);