प्री–मनसुनकाे समयमा बाढीका कारण ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्री–मनसुनकाे समयमा बाढीका कारण ६ जनाको मृत्यु

चट्याङका कारण १८ जनाको मृत्यु –

फूलमाया आले

काठमाडौं, ३१ वैशाख । प्राकृतिक विपत्ति कसैले चाहेर रोक्न सक्दैन् । तर, समयमै सचेत हुने हो भने विपत्तिबाट हुने क्षति न्यूनिकरण गर्न सकिन्छ । नेपालमा बर्षेनी प्राकृतिक विपत्तिको कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेपनि सरकारले त्यसको न्यूनिकरणको लागि भने कुनै तयारी गरेको छैन ।

गत साता अबिरल बर्षाका कारण बझाङको थलारा गाँउपालिका–४ नजिकै रहेको खहरे खोलाले बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भयो । आइतबार परेको अविरल वर्षपछि आएको बाढीकै कारण रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् ।

त्यस्तै ठाउँ–ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएका छन् । प्री–मनसुनकै समयमा बाढीका कारण ६ जनाको मृत्यु भइसकेको छ भने चट्याङका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

विपत व्यवास्थापन महाखाका अनुसार नेपालमा बार्षिक करिब ९ सय जनाको प्राकृतिक विपत्तिकै कारण ज्यान जाने गरेको छ ।

विपत्तिमा सावधानी र पूर्व तयारी गर्ने हो भने क्षतिलाई निकै हदसम्म घटाउन सकिन्छ । तर, सरकारले विपत व्यवस्थापनको लागि प्रभावकारी पूर्व तयारी गरेको छैन । न त विपत व्यवस्थापनको कुनै योजना नै छ । पूर्व तयारी नहुँदा भूकम्पको समयमा ठूलो जनधनको क्षति हुँदासमेत सरकरको चेत खुलेको छैन ।

बर्षेनी तराईमा डुबान र पहाडी क्षेत्रमा बाढी पहिरोको कारण ठूलो क्षति हुने गरेको छ । पूर्व तयारी गरिएका खण्डमा यस्ता घटनालाई न्यूनिकरण गर्न सकिन्छ । संरचना निर्माण गर्दा ध्यान दिने तथा, तटबन्ध, वृक्षरोपण तथा विपत्तिको पूर्व सूचना दिने प्रविधिको जडान जस्ता कार्यले केहीहदसम्म भने पनि विपत्ति न्यूनिकरण गर्न सकिने विज्ञहरुको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);