आज भारतीय अभिनेता इरफान खानको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज भारतीय अभिनेता इरफान खानको निधन

irrafan khan

एजेन्सी, १७ वैशाख । भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा आज बिहान निधन भएको छ । इराफनको ५४ वर्षको उमेरमा आज निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको आज निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन । इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता र निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको निधन भएको समाचारको पुष्टि गरेका छन् । मंगलबार इरफानका परिवारले पनि आधिकारिक रुपमा केही जानकारी दिएका थिएनन् ।

तर, इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका थिए । इरफानको कोलोन इन्फेक्सनका कारण निधन भएको हो । गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै चिकित्सकको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए ।

गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । इरफान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);