'बबी' कि कविताको शो 'विस फर अ डे विथ डल्लु' को ट्रेलर रिलिज(भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘बबी’ कि कविताको शो ‘विस फर अ डे विथ डल्लु’ को ट्रेलर रिलिज(भिडियो)

kabita gurung

काठमाडौं, ६ चैत । अभिनेत्री कविता गुरुङको नौलो र फरक किसिमको टेलिभिजन सो ‘विस फर अ डे विथ डल्लु’ लिएर आउने भएकी छिन् । सो को मङ्गलवार ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्र ‘बबी’ कि नायिका गुरुङले निर्माण गरेको शोको दरबारमार्ग स्थित म्यागनम लन्ज वारमा पत्रकार भेटघाट गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई,निर्देशक समाजका महा सचिव जनकदिप पराजुलीको उपस्थिति रहेको थियो ।

डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण गरिएको कार्यक्रमको ट्रेलरले एक जना व्यक्ति विशेषको इच्छा, आकाङ्क्षा,सपना,अनि खुसी एक दिनको प्रस्तुति रहनेछ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायाङ्कन गरिएको कार्यक्रमलाई डम्बर राईले छायाङ्कन र ध्रुवराज पराजुली प्रज्वलितले सम्पादन गरेका हुन् कविता गुरुङको कन्सेप्ट र प्रस्तुतीकरण रहेको छ  ।

पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको र पाक्षिक रूपमा राष्ट्रिय टेलिभिजन र डल्लु इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिने उक्त कार्यक्रममा जानकारी गराइयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);