'कृ' को ट्रेलर रिलिजः आक्रमक अन्दाजमा देखिँदै अनमोल (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौँ, १ पौष। बहुप्रतिक्षित चलचित्र कृ को ट्रेलर शुत्रबार सार्वजनिक गरिएको छ। टिमले हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अनमोल केसीद्धारा अभिनीत चलचित्रको ट्रेलर रिलिज गरेको हो ।

निर्माण युनिटले ट्रेलरमा एक्सनका दृश्यहरु भरपुर समेटेको छ । ट्रेलर हेर्दा चलचित्रमा अनमोल एक्सन र रोमान्टिक गरि दुई चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ । करिब ३ मिनेट लामो ट्रेलरमा अभिनेत्री अदीति बुढाथोकी अनमोलसँग रोमान्टिक अवतारमा देखिएकी छिन् ।

२६ माघ देखि रिलिजमा आउने सो फिल्ममा सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगाएतका कलाकारको समेत अभिनय देखिन सकिने छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);