यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘२.०’को ट्रेलर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘२.०’को ट्रेलर सार्वजनिक

काठमाडौं, १७ कात्तिक । यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘२.०’को ट्रेलर सार्वजनिक भएको छ ।

साउथ सुपर स्टार रजनीकान्त र बलिउड सुपरस्टार अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सनिबार सार्वजनिक गरिएको हो । ट्रेलरमा अक्षय कुमार खतरनाक लुक्समा देखिएका छन् । चलचित्रमा अक्षय, रजनीकान्तको अलावा यमी ज्याक्सनको मुख्य भूमिका रहेको छ ।

ट्रेलरमा रजनीकान्त र यमीको प्रेम देखाइएको छ भने अक्षयलाई भिलेनको रूपमा प्रस्तुत गरिएको छ । साउथमा ल्याएका प्रोडक्सनले निर्माण गरेको सिनेमालाई हिन्दीमा भर्सनमा करण जोहरको धर्मा प्रोडक्सनले डब गरेको छ । एस शंकरको निर्देशन रहेको चलचित्रको कथा लेखनपनि शंकरको हो । चलचित्रलाई सुवास करणले निर्माण गरेका हुन् ।

पाँच सय करोडको बजेटमा निर्माण भएको चलचित्र यही नोभेम्बर २७ तारिकमा रिलिज हुँदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);