नायिका करिश्मा मानान्धरको सांसद बन्न पाइनन् | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

काठमाडौं, २९ मंसिर। नयाँ शक्ति पार्टीकी नेत्री एवम् सदावहार नायिका रुपमा परिचित करिश्मा मानन्धरको सांसद बन्ने सपना अधुरो भएको छ।

मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्ति नेपालले समानुपातिक उम्मेदवारतर्फबाट पार्टीको केन्द्रिय सदस्य समेत रहेकी करिश्मालाई आफ्नो बन्दसूचीको एक नम्बरमा राखेको थियो । तर बिहीबार दिउँसोसम्म नयाँ शक्तिको आँखा चुनाव चिह्नमा देशभरबाट ७३ हजार मतमात्रै आएको छ जुन १ प्रतिशत भन्दा पनि कम हो। कम्तिमा ३ प्रतिशत मात्रसम्म मत आएको भए करिश्मा सांसद बन्ने पक्का नै थियो।

अब मत गणना गर्न केही मात्र रहेकाले नयाँ शक्तिको तीन प्रतिशत मत आउने सम्भावना कम नै छ। तीन प्रतिशत मत नल्याउने पार्टीका उम्मेदवारलाई समानुपातिकमा सिट नदिने व्यवस्था छ।

ताजा समाचार