वर्षाको ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

वर्षाको ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर सार्वजनिक

barsha -anup

काठमाडौं, ६ फागुन । चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतार-चढावमा आधारित फिल्मको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन सबै समेटिएको छ । ट्रेलरमा धेरै हदसम्म कमर्शियल भ्यालु देखिएको छ । अनुपविक्रम शाहीले यस फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् ।

फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् ।

फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फिल्मले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);