कान्छीको ट्रेलर र पोस्टर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कान्छीको ट्रेलर र पोस्टर सार्वजनिक

kanxi tailor

काठमाडौं, १० माघ । अभिनेत्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’को पोस्टर र ट्रेलर सार्वजनिक गरिएको छ । फागुन ४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर मंगलबार राजधानीमा प्रेसमिट गरी देखाइएको हो ।

आकाश अधिकारीको निर्देशनमा बनेको कान्छी प्रेमकथानक फिल्म हो । प्रेसमिटमा अभिनेत्री, निर्मात्री श्वेताले आफ्नो फिल्म पति श्रीकृष्ण श्रेष्ठमा समर्पित गरेको बताइन् । ‘मैले उहाँलाई कुनै पनि पनि बिर्सिएकी छैन,’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘आमदर्शक, फिल्म तथा सञ्चारकर्मीकोे माया, साथ, सहयोग र हौसलाले मैले कलाकारितामै केही गर्ने जमर्को गरेकी छु । यो उहाँको चाहना थियो । भौतिक रूपमा उहाँ हामीमाझ नभए पनि मैले उहाँले कोरिदिएको बाटोमा हिँड्ने प्रयास गरेकी छु ।’

झन्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, सेन्टिमेन्ट्स, सबै भाव प्रस्तुत गरिएको छ । फिल्ममा श्वेताका साथमा नीर शाह, दयाहाङ राई, कामेश्वर चौरसिया, भूमिका श्रेष्ठ, आशान्त शर्मा, विनोद न्यौपानेलगायतले अभिनय गरेका छन् ।

फिल्ममा समावेश ‘चरी चट्ट परी’ र ‘यो ज्यान दाउमा लगाउने’ बोलका दुई गीत चर्चित भइसकेका छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा वसन्त श्रेष्ठको कोरियोग्राफी छ । माथिल्लो मुस्ताङ, जोमसोमका साथै काठमाडौंमा खिचिएको फिल्म यम थापाले लेखेका हुन् ।

नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);