पद्मावत विरुद्ध प्रदर्शनपछि तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पद्मावत विरुद्ध प्रदर्शनपछि तनाव

एजेन्सी, ११ माघ । संजय लील भन्साली निर्माण गरेको ‘पद्मावत’ फिल्म विभिन्न विरोध र प्रदर्शन पछि भारत भर आज प्रर्दशन गरिएको छ।

लखनऊको मोतिनगरमा चलचित्रको विरोधमा राजपुत समूदायको करणी सेनाका कार्यकर्ताले तोडफोड गरेका छन् । देशभरमा राजपुत समूदायले मथुरा,भुवनेश्वर,लखनऊ,दिल्ली–जयपुरमा समेत पर्दशन गरिरहेका छन् । करणी सेनाको धम्कीका कारण भारतका ८० प्रतिशत चलचित्र हलवालाहरुले चलचित्र नदेखाउने घोषणा समेत गरेका छन् ।

चलचित्रलाई लिएर देशभरी हिंसा भड्कने डरले भारतको गृहमन्त्रालयले सुरक्षा सतर्कता समेत अपनाएको जनाएको छ । पद्मावत चलचित्र हेर्नलाई भारतका सम्पूर्ण हलहरु हाउसफुल भएका छन् । उक्त चलचित्र हेर्नलाई हलमा टिकट लिनेको भिड लागेको छ । अहिले लखनऊ लगायतका स्थानका चलचित्र हलहरुमा प्रहरीले पहरा दिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शाहिद कपूर, दीपिका पादुकोण र रणवीर सिंहको मुख्य भूमिका रहेको ‘पद्मावत’  नेपालमा बिहिबार नै रिलिज हुने भएको छ। ‘पद्मावत’ ले नेपालका अधिकांश मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । फिल्मले ६० बढी सिंगल स्क्रिन्स समेत पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);