‘रानी महल’ नामक फिल्म निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

‘रानी महल’ नामक फिल्म निर्माण हुने

‘रानी महल’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्मको बिहीबार राजधानीको अन्नपूर्ण होटेलमा शुभमुहूर्त गरियो । हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्मको निर्मातामा वेदप्रसाद भुसाल छन् । माघ तेस्रो सातादेखि सुटिङ सुरु हुने फिल्मको मुहूर्त सटको निर्देशन फिल्म पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीले गरेका थिए ।

नवअभिनेता आशिष अधिकारी र रश्मी भट्टले अभिनय गरेको मुहूर्त सटमा निर्देशक दीपेन्द्र के खनालले क्यामेरा स्विच अन गरेसँगैे फिल्म पत्रकार एवं निर्देशक लक्ष्मण सुवेदीले क्ल्याप सो गरे भने चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोरेका थिए ।

रानी महलको सुटिङ बुटबल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौंमा गरिनेछ । झन्डै डेढ महिनाको सेड्युल राखिएको फिल्मको स्क्रिप्ट दीपक पौडेलले लेखेका हुन् । मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक हिमालले रानी महलले मनोरञ्जनका साथै नेपाली समाज, कला संस्कृति र नेपाली माटोलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन प्रयत्न गर्ने दाबी गरे ।

त्रिकोणात्मक प्रेमकथायुक्त फिल्म झन्डै डेढ करोड लगानीमा बन्न लागेको निर्माता भुसालले बताए । फिल्ममा नीर शाह, आशिष अधिकारी, वर्षा शिवाकोटी, रश्मी भट्ट, बिएस राना, उमा बेबी, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेल, शिलु पोखरेल, अनामिका लामिछाने, विष्णु सापकोटा, युनिता खत्री, भोला शाहलगायतका कलाकारले अभिनय गर्दै छन् । निरज कँडेलले खिच्ने फिल्ममा अर्जुन पोखरेल र हर्कुलश बस्नेतको संगीत छ । रामजी लामिछाने र कविराज गहतराज कोरियोग्राफर रहेको फिल्ममा हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने बताइएको छ । नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);