बन्ने भयो ‘म यस्तो गीत गाउँछु २’, पूजा र पलको जोडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बन्ने भयो ‘म यस्तो गीत गाउँछु २’, पूजा र पलको जोडी

puja -paul

काठमाडौं, २४ असार । गएको दुई वर्ष अगाडि घोषणा गरिएको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी बाँधिएको छ ।

निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको जोडी बाँधेका छन् । मंगलबार बिहान फिल्मको मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको छ । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए । दशैंपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । यो फिल्मको गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेलको काँधमा छ । ‘प्रेमगीत’ पछि सुदर्शनको हरेक फिल्ममा अर्जुनले संगीत भर्दै आएका छन् ।

फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूजा र पलबाहेक फिल्ममा अरु कलाकार फाइनल नभएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्नेछ ।

निर्देशक थापाले ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल नयाँ कथामा बन्ने बताएका छन् । फिल्म लभस्टोरी कथामा निर्माण हुनेछ । आउँदो फागुन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मको अघिल्लो श्रृंखलाको गीतसंगीत निकै चर्चित भएका थिए । पल र पूजाको जोडीलाई पनि दर्शकले निकै रुचाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);