‘प्रेमगीत ३’ : ‘गीत’ को अडिसनका लागि २५ युवती छनोट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘प्रेमगीत ३’ : ‘गीत’ को अडिसनका लागि २५ युवती छनोट

prem geet 3

काठमाडौं, ११ जेठ । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको करिअरको टर्निङ पोइन्ट बनेको फिल्म हो- ‘प्रेमगीत’ । सुदर्शन थापा निर्देशित तथा सन्तोष सेन निर्मित यो फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिए पनि दर्शक र समीक्षकले औधि रुचाएका थिए । यसको दोस्रो पार्टले भने समीक्षकलाई चित्त बुझाउन सकेन । तर, फिल्मले बक्सअफिसमा राम्रो पैसा छापेको थियो ।

अब यो फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । दशैं अगावै फ्लोरमा जाने ‘प्रेमगीत ३’ का लागि अहिले निर्माण टिम ‘गीत’ को क्यारेक्टरका लागि अभिनेत्रीको खोजीमा छ । ‘प्रेम’ को भूमिका भने तेस्रो पटक पनि अभिनेता प्रदीपले नै निभाउँदैछन् । केही हप्ता अगाडि निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रदीपको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो ।

१८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने निर्माण कम्पनीले विज्ञप्तीमार्फत् जानकारी गराएको थियो । जेठ १० गते बिहीवारबाट अडिसन आह्वानको मिति सकिएको छ । निर्माता सन्तोष सेनले २ हजार ७ सय १४ जनाले ‘गीत’ को क्यारेक्टरका लागि आवेदन दिएको बताएका छन् ।

आवेदन दिएकाहरु मध्येबाट शुक्रवार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ । निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठलगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात् फिल्मको ‘गीत’ पात्रका लागि एक जना छनोट गरिनेछ । फिल्मीखबरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);