बिजुली च्याप्टर १ को अडिसन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिजुली च्याप्टर १ को अडिसन आह्वान

काठमाडौं। निर्माणको तयारीमा रहेको फिल्म ‘बिजुली च्याप्टर १’ ले केही कलाकारका लागि अडिसन आह्वान गरेको  छ ।आगामी २२ कात्तिकमा कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंङ क्यारेक्टर छानिने छ ।विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मकी निर्माता लुना केसी हुन् । विकासको यो डेब्यू निर्देशन हो । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्धित भइसकेका छन् ।फिल्मको क्रियटिभ प्रोड्युसर केदार भुसाल हुन् । फिल्ममा हरि घले लामाले छायांकन, शंकर धितालको एसोसिएट निर्देशन, आयुष बिसीको मुख्य सहायक निर्देशन हुनेछ ।फिल्मको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए ।

‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ निर्देशकले गिरीले भने । हिन्दू धर्मग्रन्थहरू रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);