‘शमशेरा’ फ्लप हुनुको यी हुन् ६ कारण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

‘शमशेरा’ फ्लप हुनुको यी हुन् ६ कारण

मुम्बई । अभिनेता रणवीर कपूरको फिल्म ‘शमशेरा’ बक्सअफिसमा पूर्ण रुपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर, यो आशा निराशा बदलिन धेरै समय लागेन । उनको फिल्म यो वर्ष फ्लप हुनेको सूचीमा परिसकेको छ ।

फिल्मले पहिलो दिन १० दशमलब २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्सअफिसमा गिर्दो अवस्थामा रह्यो । रिलिजको ६ दिनसम्म रणवीर र सञ्जय दत्तको फिल्मले ४० करोडको आँकडा पनि पार गरेको छैन । फिल्म विश्लेषकहरूले ठूलो ब्यानरको फिल्म किन फ्लप भयो भनेर यसका ६ कारणको पहिचान गरेका छन् ।

कमजोर ट्रेलर
फिल्म ‘शमशेरा’ फ्लप हुन्छ भन्ने अनुमान २४ जूनमै लगाइएको थियो, जुन दिन फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलर रिलिजपछि फिल्ममा केवल संवादबाहेक अरु केही छैन भन्ने प्रष्ट भइसकेको थियो । वाणी कपूरले फिल्ममा कोल्ड शोल्डर टप लगाउनु अर्को मजाक बनेको थियो । सञ्जयको अनौठो तरिकाले संवाद बोल्ने शैलीलाई पनि सामाजिक सञ्जालमा मजाकको विषय बनाइयो । समग्रमा ट्रेलरले दर्शकलाई हलमा तान्न सकेन ।

रणवीरको इमेज
पहिलो फिल्म ‘सावरिया’बाट रणवीरको इमेज एक लभर ब्वाईवाला बनेको छ । ‘रकस्टार’, ‘वेक अप सिड’, ‘ये जवानी है दीवानी’ जस्ता फिल्मको सफलताले उनको इमेजलाई अझ मजबुत बनायो । यस्तो अवस्थामा चार वर्षपछि कमब्याक गरेको फिल्मले उनलाई डकैत बनाएको छ । दर्शकले यहीकारण उनको यो लुक्सलाई स्वीकार गर्न सकेनन् ।

कमजोर संगीत
फिल्ममा कुनै यस्तो गीत छैन, जुन गीत दर्शकले हलबाट बाहिर निस्किएपछि सम्झिरहुन । संगीतकार मिथुनले यति ठूलो फिल्म कहिल्यै गरेका थिएनन्, जसकारण उनले फिल्मका लागि एउटा पनि हिट गीत दिन सकेनन् । यसलाई पनि फिल्मको एउटा कमजोर पक्ष मानिएको छ।

कथामा अलमल
फिल्ममा सञ्जय दत्तलाई भिलेनका रुपमा देखाइएको छ।  यसअघि पनि दर्शकले उनलाई ‘अग्नीपथ’ र ‘केजीएफ २’ जस्ता फिल्ममा भिलेनको रुपमा देखिसकेका छन् । दर्शकले उनको चरित्रलाई नयाँ बोतलमा पुरानो रक्सी जस्तो माने र उनलाई अस्वीकार गरे ।

केजीएफ २ सँग तुलना
फिल्मको लािग सबैभन्दा हानिकारक पक्ष नै ‘केजीएफ २’सँग यसको तुलना गर्नु रह्यो । सामाजिक सञ्जालमा लगातार यसलाई लिएर बहस चल्यो कि यदि ‘शमशेरा’ ‘केजीएफ २’ भन्दाअघि रिलिज भएको भए यो हिट हुने सम्भावना थियो । रक्कीसँग रणवीरको तुलना हुन थाल्यो, जुन नै ठूलो भूल बन्यो ।

विवाद
फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ विवादमा तानियो । समाजका विशेष वर्गले सञ्जयको लुक्स र उनले निधारमा लगाएको टिकालाई लिएर विरोध जनाए । सामाजिक सञ्जालमा फिल्म बहिस्कारको अभियान नै चल्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);