विवाहपछि फ्लप कटरिना! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विवाहपछि फ्लप कटरिना!

मुम्बई । अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ । तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन् ।

कटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन् । तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अब यो फिल्म ओटीटीमा रिलिज हुँदै छ । यस्तो अवस्थामा कटरीना बक्सअफिसमा असफल भएपछि अब ओटीटीको सहारामा करियरलाई अगाडि बढाउन चाहन्छिन् भन्नमा गलत हुँदैन ।

कटरिनाको ‘फोनभूत’ गत नोभेम्बरमा रिलिज भएको थियो । फिल्मले दर्शकलाई हलमा खासै तान्न सकेन । अब यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । अमेजनले सामाजिक सञ्जालमार्फत फिल्म जनवरी २ मा प्रसारणमा आउने जानकारी दिइसकेको छ ।

गुरमित सिंहको निर्देशन रहेको फिल्ममा कटरीनासँगै इशान खट्टर र सिद्धान्त चतुर्वेदीको अभिनय थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);