ओटीटीमा भविष्य खोज्दै बलिउडका यी अभिनेता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ओटीटीमा भविष्य खोज्दै बलिउडका यी अभिनेता

मुम्बई । सन् २०२२ मा एकपछि अर्को गर्दै ठूला बजेटका फिल्म फ्लप भए । जसकारण बलिउडका कलाकार ओटीटीतिर नजर बढाइरहेका छन् । कुनै समय पर्दामा आफ्नो नामलाई हिट बनाएका कलाकार अहिले धमाधम ओटीटीमा आफ्ना फिल्म रिलिज गरिरहेका छन् । सन् २०२३ मा कैयौं कलाकार थिएटरमा नभई ओटीटीमा भविष्य खोज्न देखिँदैछन् ।

बरुण धवन
सन् २०२२ अघि फिल्म थिएटरमा रिलिज भएपछि मात्र टेलिभिजन तथा ओटीटीमा रिलिज हुन्थे । तर समयको परिवर्तनसँगै चलन पनि उल्टो चल्न थाल्यो । यहीकारण बलिउडमा बद्लिएको ट्रेन्डलाई पछ्याउँदै अभिनेता वरुण धवन पनि सन् २०२३ मा ओटीटी डेब्यू गर्दैछन् । सन् २०२३ मा वरुण अमेजन प्राइम भिडियोको ‘सिटाडेल इण्डिया’ मा देखिँदैछन् ।

आदित्य रोय कपूर
बलिउड बक्सअफिसमा कैयौं फ्लप फिल्म दिएपछि अब आदित्यले ओटीटीतिर नजर बढाएका छन् । उनी डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘द नाइट मेनेजर’मार्फत ओटीटी डेब्यू गर्दैछन् ।

सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्राको पछिल्लो फिल्म ‘थ्यांक गड’ बक्सअफिसमा पूर्ण असफल साबित भएको थियो । यो फिल्मपछि सिद्धार्थ ओटीटीमा ‘इन्डियन पुलिस फोर्स’मार्फत दर्शकमाझ आउँदैछन् ।

शाहिद कपुर
अभिनेता शाहिद कपूर फिल्म ‘जर्सी’पछि सन् २०२३ मा ओटीटी वेब सिरिज ‘फर्जी’मा देखिँदैछन् । उनले बलिउड बक्सअफिसको अवस्थालाई मध्यनजर गर्दै ओटीटीको बाटो अपाएका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);