बलिउडमा आज के हुँदैछ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बलिउडमा आज के हुँदैछ ?

एजेन्सी । बलिउड स्टारहरु रणवीर कपुर र श्रद्धा कपुरले आफ्नो आगामी फिल्म ‘तू झुठी मै मक्कर’को नयाँ गीत फेब्रुअरी १० मा रिलिज आज रिलिज हुँदैछ । शाहिद कपूरको ओटीटी डेब्यू फर्जी पनि आज रिलिज हुँदैछ। यसको साथै पठानले आफ्नो रिलिजको २ हप्ता पुरा गरेको छ ।

रणवीर कपुर र श्रद्धा कपुरको रोमान्टिक कमेडी फिल्म ‘तू झुठी मैं मक्कर’ केही दिनमा रिलिज हुँदैछ । हालै फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । अब भ्यालेन्टाइन विकको अवसर पारेर चलचित्र प्यार होता हैको दोस्रो गीत शुक्रबार १० गते रिलिज हुँदैछ ।

साहिद कपुरले फिल्मपछि अब ओटीटीमा डेब्यु गरेका छन् । अभिनेताको वेब सिरिज फर्जी १० फेब्रुअरीमा अमेजन प्राइममा रिलिज भएको छ । फर्जीमा शाहिदसँगै विजय सेतुपति र राशि खन्नाको पनि महत्त्वपूर्ण भूमिका छ।

बिग बोस १६ अन्तिम चरणमा पुगेको छ । शोको ग्राण्ड फिनाले दुई दिनपछि हुन लागेको हो । यसैबीच निर्देशक रोहित शेट्टी बिग बोसको घरमा प्रवेश गरे र घरका साथीहरूका बीचमा केही टास्कहरू गराए। शोमा रोहितको प्रवेशसँगै, उनले आफ्नो स्टन्टमा आधारित शो खतरों के खिलाडीमा शीर्ष ५ फाइनलमध्ये कुनै एकलाई मौका दिने अपेक्षा गरिएको छ।

शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा दुई साताको यात्रा पूरा गरेको छ । जनवरी २५ मा रिलिज भएसँगै फिल्मले धमाकेदार कमाई गरिरहेको छ । हालै पठानले केजीएफ २ लाई हिन्दी बेल्टमा उछिनेका छन् । अहिले पठानको दुई साताको सङ्ग्रह सार्वजनिक भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);