"दी सार्क फिल्म फेस्टिभल" मा स्वस्तिमाले जितिन् 'वेष्ट पफर्मर जुरी अवार्ड' | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

“दी सार्क फिल्म फेस्टिभल” मा स्वस्तिमाले जितिन् ‘वेष्ट पफर्मर जुरी अवार्ड’

swastima khadka

काठमाडौं, २३ असार । श्रीलंकामा आयोजित ‘दी सार्क फिल्म फेस्टिभल(२०१९) मा गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित डेब्यू फिल्म ‘बुलबुल’ले अवार्ड हात पारेको छ । यो फिल्ममा जीवन्त अभिनय पस्किएकी अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड(२०१९) जितेकी हुन् ।

स्वस्तिमाले फिल्मी करिअरमा पहिलो पटक अवार्ड जितेकी हुन् । उनले ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड ‘बुलबुल’ टिमलाई समर्पित गरेकी छन् । अवार्ड जितेपछि उनले आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् ।

‘बुलबुल’ सँगै यस फेस्टिभलमा ‘प्रसाद’ र ‘हरि’ ले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । अवार्ड जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै स्वस्तिमाले भनिन्, ‘पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय पाएँ । एकदमै खुसी छु । यो अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा मिलेको छ ।’ अवार्ड पाउँदा आफूले देशलाई सम्झिएको उनको भनाई छ । swastima -mukun- bulbul

अहिले यो फिल्मले विदेशमा आयोजना हुने विभिन्न फेस्टिभलहरुमा सहभागिता जनाइरहेको छ । निर्देशक पौडेल फिल्मको प्रदर्शनका लागि केही हप्तायता अमेरिकामा छन् । उनले आफ्नो डेब्यू फिल्मले ‘सार्क फिल्म फेस्टिभल’ मा अवार्ड जितेपछि खुसी व्यक्त गरेका छन् । यसमा अभिनेत्री खड्काको अपोजिटमा मुकुन भुषालको अभिनय छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);