मुस्कानले जितिन् इन्टरनेशलन विमेन अफ करेज अवार्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

मुस्कानले जितिन् इन्टरनेशलन विमेन अफ करेज अवार्ड

काठमाडौं, २१ फागुन । तेजाव आक्रमण पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अवार्ड जितेकी छिन् । १५ वर्षीय मुस्कानले अमेरिकी विदेश मन्त्रालयले दिने इन्टरनेशलन विमेन अफ करेज अवार्ड जितेकी हुन्।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार बिहान ट्विट गर्दै मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिलाको अवार्ड प्रदान गरिने जानकारी गराएका छन् ।


यो अवार्ड पाउने मुस्कान पहिलो नेपाली हुन् भने विश्व कै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । तेजाव आक्रमण अन्त्यका लागि उनले गर्दै आएका कामका लागि उनलाई सो अवार्ड प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

मार्च ८ सोमबारका दिन भर्चुअल कार्यक्रमकाबीच अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिकंनले मुस्कानलाई सो अवार्ड प्रदान गरिने बताइएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै गएको बर्ष मुस्कान माथि तेजाव आक्रमण भएको थियो ।

Leave a Reply